राजावादी वकिलले इजलासमा सोधे- ‘चुच्चे नक्सा पुस्तकमा नछाप्दा संसदले के गर्यो ?’
ratopati.com
काठमाडौं । प्रधानमन्त्रीको पक्षमा बहस गर्न संवैधानिक इजलासमा पुगेका वरिष्ठ अधिवक्ता बिष्णु भट्टराईले विवादास्पद बहस गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट विघटनको मुद्दामा बहस गरेका भट्टराईले विघटनलाई ‘उचित कदम’ त भने तर, अपेक्षित तथ्य पेश गर्न सकेनन् ।
भट्टराईले सो मुद्दामा आफ्नो पक्षको सरकारले लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा पुस्तकमा छाप्नबाट रोक्दा संसदले केही गर्न नसकेको बताए । ‘श्रीमान, रोचक कुरा नक्सा निकाल्यौं, देशको नक्सालाई कहिले चुच्चे कहिले छुच्चे भनेका छौं’ भट्टराईले भने– ‘सरकारले त पाठ्यपुस्तकमा नक्सा नछाप भन्यो नि, संसदको प्रचण्ड बहुमतले पारित गरेको कुरा पुस्तकमा नछाप्दा संसदले के गर्यो ?’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)