हामी राष्ट्रिय सहमतिको सरकार पनि बनाउन तयार छौं : प्रदीप ज्ञवाली
reportersnepal.com · Tue Jun 29 17:40:57 GMT 2021
नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले मुलुकको निकासको लागि निर्वाचनमा जानुको विकल्प नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बारम्बार यो कुरा भनेको उल्लेख गरे । अहिले नेपालमा राजनीतिलाई स्वभाविक दिशा र गतिमा बग्न नदिईएको उनको गुनासो छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विपक्षी गठबन्धनले त ओलीले गराउने निर्वाचनमा नजाने बरु आफ्नै नेतृत्वमा चुनाव गराउने भनेको छ नि भनेर सोधेको प्रश्नमा भनेका छन्-“त्यसो भए त सिधै भने भयो त–हामी आफ्नो नेतृत्वमा गराएको चुनावमा मात्रै जान्छौँ । अरुले गराएको चुनावमा जाँदैनौँ भनेर भन्नुपर्यो नि त । किन लुकाउनु हुन्छ ? उहाँहरुले यी सबै कुराहरु किन लुकाउनु भएको त ? उहाँहरुले लोकतन्त्रको रक्षाको लागि अनि अग्रगमनको लागि भनेर किन भनिरहनुपर्यो ? संविधानको रक्षाका लागि किन भनिरहनुपर्यो ? प्रधानमन्त्रीज्युले त सार्वजनिक रुपमा नै बारम्बार भनिरहनुभएको छ कि निर्वाचनबाहेक विकल्प छैन । तपाईँहरु निर्वाचनको निश्पक्षतामाथि शंका छ भने आउनुहोस् ।” प्रस्तुत छ ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश :
हाम्रो देशमा अहिले नेताहरुको बीचमा झगडा छ । पोल खोलाखोल छ । हिजो प्रधानमन्त्रीले माधवकुमार नेपाललाई मैले प्रधानमन्त्री बन्नकोलागि सिफारिस गरेको छैन भन्नुभयो । उहाँले त माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्नको लागि आफूलाई बौलाहा कुुकुरले टोकेको छ र समेत भन्नुभयो ? यसलाई कसरी लिनुभएको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)