मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिका लागि दलहरूको दौडधूप तीव्र

newsofnepal.com · Thu Feb 09 00:32:30 GMT 2023

काठमाडौं । आगामी पाँच वर्षका लागि कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा दलहरुबीचको दौडधूप तीव्र बन्दै गएको छ । सत्ता साझेदारीमा रहेको नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपतिका विषयमा आ–आफ्नो ढंगबाट दौडधूप अघि बढाएका हुन् ।

सात दलीय गठबन्धनभित्र राष्ट्रपतिका विषयमा विवाद उत्पन्न भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि राष्ट्रपतिको निर्वाचनले बढी ध्यान खिचेको छ । उता, सत्ता गठबन्धनको प्रमुख घटक मानिएको नेकपा एमालेले सत्तारूढ दलहरुबीच भएको सहमतिअनुसार आफूले राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही विषयलाई केन्द्रमा राखेर प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटघाटलाई निकै बाक्लो बनाइरहनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)