मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यसरी एकै ठाउँ  उभिए शेखर–गगन 

nayapatrikadaily.com · Wed Dec 21 00:26:00 GMT 2022

सोमबार रातिसम्म दलको नेताको उम्मेदवारीलाई डा. शेखर कोइराला र महामन्त्री गगन थापाले प्रतिष्ठा बनाएका थिए । १४औँ महाधिवेशनमा समूहका तर्फबाट सभापतिमा लडेको र अहिले समूहको प्रमुख नेता भएकाले दलको नेतामा आफ्नो उम्मेदवारी स्वाभाविक हुनुपर्ने डा. कोइरालाको तर्क थियो । महामन्त्री थापाले गत ४ मंसिरको निर्वाचनमा संसदीय दलको नेताका लागि लड्ने सार्वजनिक घोषणा गरेको र कांग्रेसमा पुस्तान्तरणका लागि आफ्नो उम्मेदवारी नै उचित हुने दलिल पेस गरेका थिए । तर, सोमबार रातभरका घटनाक्रम र मंगलबार बिहानका भेटघाटपछि डा. कोइराला पछाडि हटे र महामन्त्री थापालाई दलको नेताको उम्मेदवारका लागि प्रस्तावक बने ।

समूहभित्र सहमतिकै आधारमा एकजना उम्मेदवार बन्न दबाब थियो । समूहको रक्षाका लागि सल्लाहमा एकजना मात्र लड्ने अवस्था बनाउन दबाब दिए पनि कोइराला र थापा सोमबार रातिसम्म टसमस थिएनन् । सोही कारण सोमबारका दुई भेला निष्कर्षहीन बनेका थिए । सोमबार सहमति नबनेपछि मंगलबार बिहान ८ बजे लैनचौरस्थित होटेल एम्बेस्डरमा इतर समूहका नेताहरूको निर्णायक छलफल बोलाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)