मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तयारी अवस्थाको प्रतिवन्धित लागु औषधसहित दुई पक्राऊ

rajdhanidaily.com · Sun Mar 15 23:22:55 GMT 2026

वीरगन्ज । भारतमा उत्पादन भएको भारी परिणामको प्रतिवन्धित लागु औषध ट्रमाजोल ट्याब्लेट सहित पर्सामा २ अभियुक्त पक्राउ परेका छन् । नेपालमा उत्पादन नहुने प्रतिवन्धित लागु औषध ट्रमाजोल (दशी) सहित दुई अभियुक्तहरु रंगेहात पक्राउ परेका हुन् ।

भारतबाट लुकाई छिपाई सीमा नाका कटाएर वीरगन्जको बसपार्क पु¥याई त्यहाँबाट पनि ना १ ज २७६५ नम्बरको रातो रंगको सुमो गाडीमा राखेर काठमाण्डौ लाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिकाको गण्डक चोकमा शनिबार गाडी चेकजाँच गर्दा प्रतिवन्धित लागु औषध ट्रमाजोल भेटिएको पर्सा प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)