अतुलनीय अम्बिका
ekantipur.com · Fri Jul 19 00:03:16 UTC 2024

काठमाडौँ — घटना २००९ सालको हो, काठमाडौंको वसन्तपुरमा हिँडिरहेका बेला द्वारिकादास श्रेष्ठले प्राचीन वास्तुकला कुँदिएका काठलाई सिकर्मीले बञ्चरोले चिर्दै दाउरा बनाइरहेको देखे । शताब्दी पुराना वास्तुकला दाउरामा परिणत भइरहेको दृश्यले उनी दुःखी र आक्रोशित भए ।
यो घटनापछि उनी पुराना घरका काष्ठकला, झ्याल, ढोका, टुँडाल जोगाउन र संकलन गर्न लागिपरे । त्यसको २५ वर्षपछि द्वारिकादासले २०३४ मा बत्तिसपुतलीमा एउटा सानो गोठलाई १० कोठाको होटल बनाए, जहाँ उनले आफूले संकलन गरेका तिनै वास्तुकलाजन्य काठलाई प्रयोग गरे । र, नाम राखियो– द्वारिकाज होटल ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)