न्यायपालिका विवादले इजलास प्रभावित
news24nepal.tv · Tue Oct 26 00:44:57 GMT 2021
काठमाडाैं । सर्वोच्च अदालतमा सोमबार बोलाइएको फुलकोर्ट बैठक बस्न नसक्दा न्यायपालिकाको विवाद झनै गम्भीर बनेको छ।
सर्वोच्चमा रहेका प्रधानन्यायाधीशसहित २० जना न्यायाधीशमध्ये १४ जनाले आइतबार नै बैठकमा सहभागी नहुने निर्णय गरेका थिए। उनीहरू सहभागी नभएपछि फुलकोर्ट बैठक बस्न सकेन भने यसकै कारण इजलास पनि प्रभावित भए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संयुक्त र एकल गरी १० वटा इजलास तोकेका थिए। ती इजलासका लागि २ सय १६ वटा मुद्दामा पेसी तोकिएको थियो। तर कुनै पनि इजलास बस्न नसक्दा मुद्दाको सुनुवाइ प्रभावित भयो। प्रधानन्यायाधीशले आफूलाई भने कुनै पनि इजलास तोकेका थिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)