मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलाममा ११ वर्षका बालिकालाई करणी गर्ने दुई अभियुक्त पक्राउ

rajdhanidaily.com · Tue Apr 01 23:25:11 GMT 2025

इलाम । ११ वर्षका दुई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले इलामका दुुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–४ का २२ वर्षे दीपक नेपाली र चुुलाचुुली गाउँपालिका–६ का ५१ वर्षे यमबहादुर विश्वकर्मा रहेका छन् ।

नेपालीले आफ्नै हजुरबाले संरक्षण गरी राखेकी ११ वर्षीया बालिकालाई लामो समययता पटक–पटक जबर्जस्ती करणी गर्नेगरेको खुलेको इलामका प्रहरी निरिक्षक प्रवक्ता तथा सुचना अधिकारी संजिव बोगटीले बताए । बालिकाले दिएको बयानअनुसार नेपालीले पछिल्लो पटक गत फागुन अन्तिमतिर पनि जबर्जस्ती करणी गरेको पाइएको सुचना अधिकारी संजिव बोगटीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)