रोजगारीको नाममा ठगी गरी फरार रहेका घर्तिमगर पक्राउ
barnanmedia.com · Wed May 14 22:10:42 GMT 2025

वैदेशिक रोजगारीको नाममा ठगी गरी फरार रहेका प्रकाश घर्तिमगरलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारीअनुसार सबललाल राईसहितको जाहेरीका आधारमा वादी नेपाल सरकार बनाइएका प्रतिवादी घर्तिमगर वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा फरार रहेका थिए।
प्रतिवादीलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंले पक्राउ गरी उपस्थित गराउन अनुरोध गरेको पत्र कार्यालयमा प्राप्त भएपछि, प्रहरी टोलीले मिति २०८२ साल वैशाख ३० गते साँझ ६:३० बजे काठमाडौं महानगरपालिका–१४, कलंकीबाट उनलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)