मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मैले देखेँ हिमालमा त्रासदी : महासचिव गुटेर्रेस

gorkhapatraonline.com · Tue Oct 31 05:58:19 GMT 2023

काठमाडौँ, कात्तिक १४ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले हिमाली क्षेत्र र नेपालमा पर्दै आएको जलवायु परिवर्तनको प्रत्यक्ष अवलोकन गर्नुभएको छ । विश्वकै सर्वोच्च निकायका व्यक्तिबाट प्रत्यक्ष रूपमा नेपालले र अप्रत्यक्ष रूपमा विश्वले नै भोग्नु परेको कहालीको प्रत्यक्ष अवलोकन भएको हो ।

यसअघि नेपालले ‘आफूले नखाएको विष’ बाट विषाक्त भएको गुनासो विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा विश्व समुदाय समक्ष गर्दै आएको थियो । त्यसको प्रत्यक्ष असर महासचिव गुटेर्रेसले सोमबार सगरमाथाको खुम्बु क्षेत्रमा देखेर विश्व समुदायलाई सुनाउनुभयो । उहाँले उक्त असर देख्नु मात्र भएन त्यस अनुसार नै भन्नुभयो, “आज मैले हिमालयमा जलवायु सङ्कटको त्रासदीपूर्ण प्रभाव हेरेँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)