रायमाझी पक्राउ परेको पत्र सभामुखकोमा
Ujyaaloonline.com · Tue May 16 00:10:32 GMT 2023
काठमाण्डाै – सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेकाे विषयकाे पत्र बढेर संसदलाई जानकारी गराउनुभएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले आज साेमवार सभामुख देवराज घिमिरेलाई पत्र पठाएर नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको खुल्न आएकाले रायमाझीलाई हिजो आइतवार पक्राउ गरेर हिरासतमा राखिएको जानकारी गराएको थियो ।
प्रहरीले पठाएको पत्र सभामुखले आजको प्रतिनिधि सभाको बैठकमा वाचन गरेर सुनाउनुभएको हो । तर सभामुखले पक्राउ परेको पत्र सुनाउँदैमा रायमाझीको पद निलम्बनमा पर्ने छैन । अदालतले पुर्पक्षका लागि थुनामा पठाएमा मात्रै उहाँको पद निलम्बनमा पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)