नक्कली भुटानी शरणार्थी प्रकरण : लम्बियो थुनछेक बहस
gorkhapatraonline.com · Wed Jun 14 06:24:27 GMT 2023
काठमाडौँ, जेठ ३१ गते । नक्कली भुटानी शरणार्थी प्रकरणका अदालतमा उपस्थित १८ मध्ये ११ प्रतिवादीका तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत काठमाडौँले बुधबारसम्म सरकारी वकिलका लागि जवाफको समेत समय तोकेको भए पनि बहस लम्बिएको हो। प्रतिवादी आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, हरिभक्त महर्जनलगायतका तर्फबाट अझै बहस हुन बाँकी छ। यसअघि इजलासले गरेको समय व्यवस्थापन अनुसार बुधबार बहस सकेर थुनछेक आदेशको तयारी थियो।
मङ्गलबार पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस भएको छ। खाणका तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी तथा अधिवक्ता पङ्कज कर्णले बहस गर्नुभएको छ। बहसको सुरुवात गर्दै कर्णले खाणविरुद्ध कुनै किटानी जाहेरीसमेत नभएको अवस्थामा सहअभियुक्तको पोलका आधारमा प्रतिशोधपूर्ण मुद्दा चलाइएको जिकिर गर्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)