मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगु सामूहिक हत्या प्रकरण : कतारबाट घर आइपुगे दीपक 

nayapatrikadaily.com · Sun Oct 29 00:49:00 GMT 2023

श्रीमतीसहित तीन सन्तानको सामूहिक हत्याको खबर सुनेलगत्तै वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका दीपक बोहोरा शनिबार घर आइपुगेका छन् । ८ कात्तिकमा माइतीघरबाट टीका थापी तीन सन्तान बोकेर घर फर्किएकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, एक वर्षीय छोरा रहर बोहोरा र सात वर्षीया छोरी अप्सरा बोहोराको शव घरमा भेटिएको थियो । घर आएलगत्तै उनी भावविह्वल भएका छन् ।

दीपकले आफ्नो हरेक दिन दुई तीनपटक श्रीमतीसहित परिवारसँग भिडियो कल हुने गरेको सुनाए । उनले ८ कात्तिकमा भएको भिडियो कल नै अन्तिम भएको बताए । ‘त्यस दिन परिवारका सबै घर पुगिसकेपछि पनि मोबाइलमा लामो समय कुरा भएको थियो । श्रीमतीले भोलि बारीको सिमी उखेल्नुपर्ने छ, काम सकेपछि फेरि कुरा गरौँला भनेर भिडियो कलबाट दुवैजना छुट्टिएका थियौँ,’ दीपकले भने । श्रीमती श्रीदेवीको फेसबुक आइडीबाट ९ कात्तिक बेलुकी ५ बजेतिर म्यासेन्जरमा परिवारको फोटो सेन्ट भएको र लगत्तै आफूले दुईपटकसम्म कल गर्दा फोन नउठेको उनले सुनाए । केही समयपछि अर्को नम्बरमा फोन गर्दा पनि अफ भएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)