पृथ्वी शाहको शंकास्पद कारोबार : ५० कारोबार, ४४ करोड रकम
ekantipur.com · Sun Apr 24 00:45:14 GMT 2022
काठमाडौँ — नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका पृथ्वीबहादुर शाहको शंकास्पद कारोबारको विस्तृत विवरण कान्तिपुरले प्राप्त गरेको छ । उनले ४४ करोड ६ लाख ५९ हजार आठ सय ३९ रुपैयाँ ल्याउन १० वटा बैंकमा ५० वटा कारोबार गरेका थिए । ठूलो रकम एकै पटक ल्याउँदा शंकामा परिन्छ भनेर रकम विकेन्द्रित गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरूको भनाइ छ ।
राष्ट्र बैंकले पटक–पटक गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाएको विवरणअनुसार शाह, भाइ विजयविक्रम शाह, साझेदार देवेन्द्र ढुंगाना तथा आफन्त र कर्मचारीका नाममा ११ बैंकमा खाता खोलिएको छ । यी खातामा विभिन्न नामबाट फरक–फरक मितिमा पैसा आएको छ । उनले ग्लोबल आईएमई बैंकमा २३, सिद्धार्थ बैंकमा आठ, सनराइज बैंकमा चार, प्रभु बैंकमा तीन, कुमारी बैंकमा तीन, एनसीसी बैंकमा तीन, नबिल बैंकमा दुई, एनएमबी, सेञ्चुरी र प्राइम बैंकमा एक/एक पटक पैसा ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)