मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समानुपातिकका ११० सिटका लागि दलहरूको कस्तो छ तयारी ?

nayapatrikadaily.com · Mon Nov 14 00:35:00 GMT 2022

प्रतिनिधिसभामा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिन्छन् । संगठनात्मक शक्ति र लोकप्रिय मतमार्फत प्राप्त समानुपातिक सिट दलहरूका लागि संसद्मा वरीयता तय गर्ने महत्वपूर्ण आधार बन्ने गरेको छ । त्यसैले ठूला दल समानुपातिकतर्फको मत बढाउने तथा साना र नयाँ दल थे्रसहोल्ड कटाएर समानुपातिक सिट हासिल गर्ने रणनीतिसहित चुनावी मैदानमा छन् ।

प्रत्यक्षतर्फ सत्ता र विपक्षी दलका छुट्टाछुट्टै गठबन्धन चुनावी प्रतिस्पर्धामा छन् । उनीहरूले ०७४ को समानुपातिक मत र गत वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई आधार बनाएर आफ्नो पार्टीले समानुपातिकतर्फ पाउन सक्ने मतको आकलन गरेका छन् । गठबन्धनका कारण प्रत्यक्षतर्फ उम्मेदवार नभएका क्षेत्रमा समानुपातिक मत तान्न कांग्रेस, माओवादी र एकीकृत समाजवादीले तल्ला कमिटीलाई परिचालन गरेका छन् । एमालेले भने समानुपातिकका लागि छुट्टै संयन्त्र परिचालन गरेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)