अनलाइन सट्टेबाजीको दलदलमा सर्वसाधारण
ekantipur.com · Fri Oct 06 01:04:25 GMT 2023
झापा,काठमाडौं — झापा बिर्तामोडका विमल क्षेत्री (परिवर्तित नाम) दुई महिनाअघि एक साथीमार्फत अनलाइन सट्टेबाजी (बेटिङ एप) ‘फिफिया’ मा जोडिए । चाँडो पैसा कमाउने उपाय खोजिरहेका उनका लागि यो अनलाइन प्लेटफर्म सही विकल्प थियो । तीन पटक बाजी लगाउँदा प्रत्येक पटक १ दशमलव ४८ प्रतिशत नाफा आउने थाहा पाएपछि त उनले ७४ हजार रुपैयाँ ऋण काढेर लगानी गरे ।
उनको खातामा १ लाख २६ हजार पुगेको थियो । उनी दसैं खर्च निक्लिने भो भनेर मनमनै खुसी देखिन्थे । तर, त्यो खुसी धेरै टिकेन । असोज ३ को राति ९ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फिफियाको टोखा–६ स्थित कार्यालयमा छापा मार्यो । भोजपुर घर भएकी कार्यालयकी सञ्चालक २८ वर्षीया दादिकी शेर्पा (राई) लाई अनलाइन सट्टेबाजीबाट ११ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा नियन्त्रणमा लियो । ‘प्रहरीले मान्छे पक्रेपछि बल्ल यो काम त गैरकानुनी रहेछ भन्ने थाहा पाएँ,’ क्षेत्रीले भने, ‘धेरै कमाउने लोभले पैसा डुबाइयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)