मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविको नागरिकतामा पुरानै नम्बर

rajdhanidaily.com · Sun Jan 29 23:53:50 GMT 2023

काठमाडौं । सर्वोच्च अदालतको गत शुक्रबारको आदेशपछि नागरिकताविहीन बनेका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अमेरिकी नागरिकता त्याग गरेको ‘निस्सा’ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरेपछि उनले पुनः नागरिकता प्राप्त गरेका हुन् ।

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले लिएको नागरिकता अवैध ठहर गरेपछि उनी नागरिकताविहीन भएका थिए । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगी कानुनी प्रक्रिया पु¥याएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)