राष्ट्रपति पौडेलको 'चिया पार्टी'मा संघ र प्रदेशका सबै मन्त्री र सांसदलाई निम्तो
shilapatra.com · Sat Mar 18 00:44:00 GMT 2023
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सदस्यहरूलाई शीतलनिवास डाकेका छन् । राष्ट्रपति निर्वाचित भएको खुसीयालीमा ‘चिया पार्टी’ दिन उनले संघ र प्रदेशका सबै सांसदहरूलाई बोलाएका हुन् ।
चियापान तथा धन्यवाद ज्ञापनका लागि पौडेलले सांसदहरूलाई निम्ता गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपति निर्वाचनमा भाेट हाल्न यतिबेला सबै प्रदेशका सांसदहरू काठमाडाैंमै छन् । यही माैका पारेर पाैडेलले शीतल निवासमा चियापान कार्यक्रम राखेका हुन् । सांसदहरूलाई बिहान ९ बजे आइपुग्न आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)