सुन प्रकरणमा भरियालाई बल्छी, मालिकको छैन पत्तो
newsofnepal.com · Sun Sep 10 00:43:25 GMT 2023
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अधिकांश व्यक्तिहरू भरिया र व्यवस्थापन गर्नेहरू मात्रै प्रहरीको फन्दामा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार विमानस्थल भन्सारका तीन जना कर्मचारीलाई पक्राउ गरेसँगै सो काण्डमा पक्राउ पर्नेहरूको संख्या ३० पुगे पनि लगानीकर्ता फेला पार्न सकेको छैन ।
सोही प्रकरणमा शनिबार विमानस्थल भन्सारका अधिकृत पुष्पा जोशी र नायब सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली पक्राउ परेका हुन् । सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कै शीर्ष नेताहरूको नाम जोडिएको यो घटनामा ओसारपसार र व्यवस्थापनको काम गर्दै आएकाहरूलाई पक्राउ गरे पनि यसका मालिकको पत्ता लाग्न किन सकेन भन्ने प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)