मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गभर्नर गए अदालत

abhiyandaily.com

काठमाडौं । सरकारले गरेको निलम्बनविरुद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । आइतवार कानूनी प्रतिनिधि (वारेस) मार्फत अधिकारीले अन्तरिम आदेशसहित सरकारको निर्णय खारेजी माग गर्दै मुद्दा दायर गरेको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

‘गभर्नर अधिकारीले वारेसमार्फत पठाएको मुद्दा आइतवार अबेर दर्ता भएको छ,’ प्रवक्ता पौडेलले भने, ‘यसको पेशी सम्भवतः मंगलवार हुनेछ ।’ मुद्दामा अधिकारीले सरकारको निर्णय गैरकानूनी रहेको दाबी गर्दै यसविरुद्ध अन्तरिम आदेश दिन माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)