कीर्तिमानी जितपछि उत्साही नेपालले आज क्वार्टरफाइनलमा कुवेतको सामना गर्दै
ratopati.com · Wed Feb 14 00:08:00 GMT 2024
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको चारवटै क्वार्टरफाइनल खेल बुधबार खेलिँदैछ । प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबिचको खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।
अन्य क्वार्टरफाइनलमा हङ्कङले थाइल्यान्डको, इन्डोनेसियाले संयुक्त अरब इमिरेट्स (यूएई) को र आयोजक मलेसियाले जापानको सामना गर्नेछन् । नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)