क्रिकेट र राज्यको अभिभावकत्व
rajdhanidaily.com · Tue Nov 07 23:36:04 GMT 2023
शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टोली यूएईविरुद्धको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेलमा ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि छनोट भएको हो । दशकपछि ट्वान्टी–२० विश्वकप खेल्न लागेको नेपालले यसैवर्ष भारत र पकिस्तानजस्ता क्रिकेटका महाशक्ति मानिने देशहरूसँग सम्मानजनक खेल खेलेको हुँदा त्यो जाँगर, लय, प्रतिभा र क्षमता आगामी विश्वकपमा समेत देखिने यथेष्ट संकेत अहिले नै खेलाडीका प्रदर्शनबाट देखिइरहेका छन् । २०५२ सालमा मात्र आईसीसीको एसोसिएट सदस्य बनेपछि नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रियस्तरमा खेल खेल्न सुरु गरेको छोटो समयमा नेपालले प्राप्त गरिरहेको अप्रत्यासित सफलता, कीर्तिमान र रेकर्डहरूले अब टेस्ट क्रिकेट खेल्ने मान्यता नेपाललाई निकटस्थ भविष्यमा प्राप्त हुने भन्नेसम्मको प्रक्षेपण क्रिकेट वृत्तमा चल्न थालेको छ ।
आजको अवस्थमा नेपालीहरूलाई कुनै खेलले अत्याधिक हर्ष दिएको छ भने त्यो क्रिकेट नै हो । एसिया कप, चिनमा भएको एसियाली खेलकुद, आईपीएल र वर्ल्ड कपजस्ता विभिन्न प्रतिष्ठित क्रिकेट प्रतियोगिताको छनोट चरण र अन्तिम चरणमा समेत नेपालले विगतदेखि गजबको प्रदर्शनबाट आशातीत प्रगति गरिरहेको छ । क्रिकेट खेलमा नेपालको सफलता दर वा जितको प्रतिशत तारिफयोग्य छ, अन्य समकक्षी क्रिकेट शक्तिको सापेक्षतामा निकै अगाडि छ । नेपालका खेलाडीले क्रिकेटमा असम्भव मानिने कतिपय कीर्तिमानलाई सम्भव बनाएर क्रिकेटलाई एक नयाँ परिभाषा दिन सफल सिद्ध भएका छन् । नेपाललाई एक उदीयमान क्रिकेटको शक्तिको रूपमा संसारभर आँकलन गर्न थालिएको छ । नेपालका खेलाडी अन्तरर्राष्ट्रिय महŒवपूर्ण फ्रेन्चाइज क्रिकेटमा सहभागी हुने अवसर प्राप्त गरी त्यहाँ उत्साहप्रद योगदान दिन सामथ्र्य ठहरिएका छन् । यसो हेर्दा यी परिवर्तनहरू सपनामा हेरिरहेको जस्तो लाग्छ, तर यो त ‘पैराडिम सिप्mट ( आमूल परिवर्तन) ‘को रूपमा खेलाडीहरूको एक्लो संघर्षको आधारमा नेपाली क्रिकेटलाई नयाँ युगमा प्रस्थान गराएको सत्य रहेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)