मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बेथितिको पर्याय निगम

ekantipur.com · Fri Jan 19 00:53:45 GMT 2024

सदैव विवाद, भ्रष्टाचार र बेथितिको पर्याय बनेको छ नेपाल वायुसेवा निगम । हर कुरामा विवाद मात्रै देखिन्छ ।

यात्रुले सहज रूपमा आवतजावत गर्ने कुरामा होस्, विमानस्थल निर्माण गर्दा होस् कि विमान खरिद प्रक्रियासम्म कुनै पनि काम गर्दा निगमले आफूलाई विवादरहित बनाउन सकेको छैन । भएका विमान पनि समयमा नउडाउने, बिग्रिएको विमान समयमा मर्मतसम्भार नगर्ने, पाइलट उपलब्ध नहुनेलगायात यावत् व्यवस्थापकीय कमजोरी र चरम लापरबाहीका कारण यात्रुले गन्तव्यमा जान र आउन निगमको जहाजबाट दुःख र झन्झटभन्दा अरू पाएका छैनन् । घरबाट बिदा भएर गयो फेरि फेर्केर घर आउनुपर्ने अवस्था धेरै पटक देखिएको छ । बिग्रिएको जहाज मर्मत सम्भारमा बेलैमा ध्यान नदिनुभन्दा बढी के हुन्छ हेलचेक्र्याइँ ?

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)