सप्तरीमा दुई सातायता डुबेर दुई जनाको ज्यान गयो
rajdhanidaily.com · Thu Mar 19 23:22:11 GMT 2026

सप्तरी । दुई साता यता सप्तरीमा डुबेर दुई जनाको ज्यान गएको छ । सदरमुकाम राजविराजस्थित तुरन्ती र कलटुदास पोखरीमा गरी दुई जनाको डुबेर ज्यान गएको हो ।
यसरी डुबेर मृत्यु हुनेमा राजविराज ६ का १८ वर्षिय अंगद मेहतर तथा राजविराज ४ का २५ बर्षीय गजेन्द्र दास छन् । मेहतरको शौचका क्रममा चिप्लिएर तथा गजेन्द्र दासको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)