मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जबरा ‘नजरबन्द’मा

annapurnapost.com · Mon Sep 19 00:43:00 GMT 2022

काठमाडौं : महाभियोगको टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सरकारको निगरानीमा परेका छन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बन निरन्तर रहने जनाउँदै महाभियोग सिफारिस गरेको भोलिपल्टै आइतबार जबरा पद बहाली गर्न सर्वोच्च अदालत जाने तयारीमा थिए। तर, सुरक्षाकर्मीले निवासबाटै बाहिर निस्कन नदिएपछि सर्वोच्च प्रवेश गर्ने योजना पूरा हुन पाएन। त्यसपछि जबराले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेका थिए।

आयोगको टोली भेटघाट एवं सोधपुछका लागि प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटार पुगेको थियो। जबराले भेटघाटका क्रममा सर्वोच्च जाने तयारी गर्दा सुरक्षाकर्मीले बिनाकारण निवासबाटै बाहिर निस्कन नदिएको बताएका थिए। आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार जबराको निवासमा आवतजावत गर्ने व्यक्तिको पनि निगरानी गरेको पाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)