मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आठ लाखले गरे पशुपतिनाथको दर्शन

nayapatrikadaily.com · Sat Mar 09 00:23:00 GMT 2024

महाशिवरात्रिको दिन शुक्रबार सबेरैदेखि रातिसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार बिहान दुई बजेदेखि पशुपतिनाथको दर्शन गर्न लाइन लागेका दर्शनार्थीले मन्दिरका चारवटै ढोकाबाट दर्शन गरे ।

चारवटै ढोका खोलिएकाले दर्शनार्थीले लामो समय लाइन बस्नु नपरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवधिमा नेपाल, भारत, मलेसिया, बंगलादेश, भुटान, जर्मनी, बेलायत, अमेरिकालगायत देशका भक्तजनले पशुपतिनाथ दर्शन गरेका छन् । यसमध्ये अधिकांश नेपाली र भारतीय भक्तजन पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेको कोषका सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)