मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कोशी सरकारविरुद्धको रिट हेर्न नमिल्नेमा, आइतबार सुनुवाइ हुने

nayapatrikadaily.com · Sat Sep 02 00:11:00 GMT 2023

कोशी प्रदेशको आधिकारिकता विवादबारेको सुनुवाइ आइतबारका लागि सरेको छ । शुक्रबार हेर्न नमिल्ने न्यायाधीशकोमा परेका कारण उक्त रिटउपरको सुनुवाइका लागि अर्को पेसी तोकिएको हो ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा यो रिटको सुनुवाइ परेको थियो । गोलाप्रथाबाट पेसी तोकिँदा उक्त संयुक्त इजलासमा परेको हो । तर, यसअघि अन्तरिम आदेशमार्फत उक्त विषयमा राय व्यक्त गरिसकेका कारण न्यायाधीश खतिवडाले उक्त मुद्दा हेर्न नमिल्ने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)