मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरा नियमित उडानका लागि प्राविधिक टोली पठाउने चीनको प्रतिबद्धता

ekantipur.com · Mon Nov 13 01:21:54 GMT 2023

काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आर्थिक सहयोग गरेको चीनले अब आफ्ना सहरदेखि नियमित अन्तर्राष्ट्रिय उडानका लागि समेत पहल गरेको छ । चीनका विभिन्न सहरदेखि पोखरासम्मको उडानका लागि अध्ययन गर्न चीन सरकारले प्राविधिक टोली पठाउने प्रतिबद्धता जनाएको छ ।

नेपालको ५ दिने भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ चुनचङले शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग पोखरामा भएको भेटवार्तामा चीनले पोखरा विमानस्थलमा चीनदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याउन चिनियाँ प्राविधिक टोली पठाउने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)