यूएनका महासचिव गुटेरेस आईपुगे नेपाल, यस्तो छ चार दिने भ्रमण तालिका
ekantipur.com · Sat Oct 28 21:08:48 GMT 2023
काठमाडौँ — संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । आइतबार राती १ बजे उनी नेपाल आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे ।
महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिएका थिए ।महासचिव गुटेरेस पोर्चुगलका पूर्वप्रधानमन्त्री हुन् । महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)