पुराना राष्ट्रपतिको गल्ती दोहोर्याउन नयाँ राष्ट्रपतिलाई उक्साहट
ekantipur.com · Mon May 08 00:56:08 GMT 2023
काठमाडौँ — संविधानतः नेपालको राष्ट्रपति आलंकारिक पद हो, जसको अर्थ हुन्छ सार्वभौम संसद्को निर्णयलाई शीतल निवासले उल्ट्याउन सक्दैन । तर संविधानको यो व्यवस्थालाई बेवास्ता गर्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट पारित नागरिकता विधेयक रोकेकी थिइन । नयाँ निर्वाचनले गठन गरेको नयाँ संसद्लाई नागरिकता विधेयक ल्याउन नदिएर सरकार पुरानै विधेयकलाई नयाँ राष्ट्रपतिबाट प्रमाणीकरण गराउने दाउमा छ भने त्यसमाथि परामर्श थालेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधान मिच्ने शीतल निवासको पुरानै गल्ती दोहोर्याउन खोजेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै विधेयकलाई प्रमाणीकरण गर्न आग्रह गरेपछि राष्ट्रपति पौडेलले यसबारे थालेको परामर्शले ‘नयाँ राष्ट्रपतिबाट समेत पुरानोकै गल्ती दोहोरिने त हैन ?’ भन्ने प्रश्न जबर्जस्त रूपमा उठेको छ । साथै राष्ट्रपतिको अधिकार र त्यसको सीमा तथा विधेयकको संवैधानिक अस्तित्वका बारेमा समेत प्रश्न सतहमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)