मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

राष्ट्रपति पौडेलले भाउजु विष्णुमाया पौडेलको हातबाट टीका लगाउने

Ujyaaloonline.com · Tue Oct 24 01:19:32 GMT 2023

काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको दशैँको टीका लगाउँदै हुनुहुन्छ ।

पौडेलले बिहान ११ बजेर २ मिनेटको साइतमा भाउजु विष्णुमायाको हातबाट टीका–जमरा र आशीर्वाद लिनुहुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । त्यसपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम छ । विजया दशमीको दिन राष्ट्रपतिले सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिने कार्यक्रम पनि छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)