पर्यटन क्षेत्रमा नेवानिले भित्र्यायो सबैभन्दा धेरै विदेशी मुद्रा
nayapatrikadaily.com · Thu Sep 28 00:44:00 GMT 2023
देशमा सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउनेमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) पहिलो बनेर सम्मानित भएको छ । नेवानिले एक वर्षमा आठ करोड ४५ लाख १० हजार अमेरिकी डलर भित्र्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय पर्यटन दिवसको अवसरमा १ अगस्ट २०२२ देखि ३१ अगस्टसम्म सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।
५० लाख ४१ हजार अमेरिकी डलर भित्र्याई पाँचतारे होटेल म्यारिएट दोस्रो बनेको छ । होटेल तथा रिसोर्टतर्फ म्यारिएट सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउने होटेल बनेर सम्मानित भएको हो । यो होटेल व्यावसायिक घराना एमएस ग्रुपअन्तर्गतको एभरेस्ट हस्पिटालिटी एन्ड होटेल लिमिटेडले सञ्चालन गरेको हो । यही ग्रुपले ठमेलमा तीनतारे फेयरफिल्ड म्यारिएट होटेल पनि सञ्चालनमा ल्याएको छ । कोभिडपछि अन्तर्राष्ट्रिय चेन होटेल र क्यासिनोको व्यापार राम्रो भइरहेको एमएस ग्रुपका प्रबन्ध निर्देशक शशीकान्त अग्रवालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)