सभामुखको कार्यकाल कहिलेसम्म ?
ekantipur.com · Sun Sep 25 01:06:59 GMT 2022
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाका सांसदले आफ्नो कार्यकाल सकिएको भन्दै संसद् सचिवालयबाट ‘क्लियरेन्स’ लिइसके पनि सभामुख र उपसभामुखले भने सेवा–सुविधा लिइरहेका छन् । नियमित निर्वाचन प्रक्रिया सुरु भएर आफ्ना सदस्यको कार्यकाल सकिँदासमेत सभामुखहरूले संविधान र कानुनको आफूअनुकूल व्याख्या गरेर कार्यकाल कायम रहेको दाबी गरेका छन् ।
समानुपातिकतर्फको बन्दसूची बुझाउने अघिल्लो दिन असोज १ मै प्रतिनिधिसभा र सातै प्रदेशसभाको अधिवेशन अन्त्य भइसकेको छ । प्रतिनिधिसभाका ८० भन्दा बढी सांसद संसद् सचिवालयमा बुझबुझारथ गरेर जिल्ला फर्किसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)