एमालेमा सहमतिको नयाँ अध्याय सुरु : डेढ महिनादेखि निष्क्रिय दश सदस्यीय कार्यदल सक्रिय, ओली–नेपाल भेटवार्ताको तयारी
nayapatrikadaily.com · Tue Jul 06 00:11:00 GMT 2021
एमालेको कार्यदलले सहमतिको मस्यौदा बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधानको प्रयास सुरु गरेको छ । कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने नेपालको सर्त ओलीले स्वीकार गरेपछि कार्यदलले औपचारिक गृहकार्य थालेको हो । संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिएर फैसलाको पर्खाइ भएकै वेला एमालेमा सहमतिको नयाँ अध्याय सुरु भएको हो ।
आइतबार दोस्रो तहका नेताहरूले ओली र नेपाललाई भेट गराएर सहमति जुटेका विषयमा संयुक्त विज्ञप्ति निकाल्ने कोसिस गरेका थिए । तर, नेपालले कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने अडान राखेपछि ओली–नेपाल भेट र संयुक्त विज्ञप्तिको प्रयास असफल भएको थियो । यद्यपि, त्यसपछि पनि कार्यदल सदस्यहरू भने अनौपचारिक संवादमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)