सुकुम्बासी आयोगले बाँडेको तनहुँको ३९ रोपनी जग्गा सरकारी हुने सर्वोच्चको ठहर
nepallive.com · Sat Mar 27 01:23:00 GMT 2021
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेलगत्तै भूमिहीन सुकुम्बासीहरुको समस्या समाधानका लागि उच्चस्तरीय भूमि आयोग गठन गरेका थिए। आयोगले यही चैत १० गते भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफूले बसोबास वा आवाद कमोत गरेको जग्गा पाउन ३५ दिनभित्र निवेदन दिन सार्वजनिक सूचना जारी गरेको छ।
भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि भन्दै आयोगले यस्तो सूचना जारी गरेको थियो। देशभरका करिब ८० वटा स्थानीय तहमा रहेका भूमिहीन दलित र सुकुम्बासीबाट यस्तो निवेदन माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)