मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सवारी ज्यान मुद्दा : कानुनी छिद्र खोजेर दोषीलाई उन्मुक्ति

ekantipur.com · Fri Apr 15 01:14:44 GMT 2022

काठमाडौँ — बूढानीलकण्ठ–८ भद्रकालीका पृथ्वी मल्लले लापरबाहीपूर्वक चलाएको कारले २०७६ मंसिर २८ गते बिहान १० बजे ठक्कर दिँदा लीला देवकोटाको घटनास्थलमै मृत्यु भयो । मादक पदार्थ सेवन गरेका र कार चलाउने लाइसेन्स पनि नभएका मल्लले अनियन्त्रित तवरले तीव्र गतिमा चलाएको कारले बूढानीलकण्ठ–५ स्थित फुटपाथमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएको थियो ।

उक्त घटनामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सर्वोच्च अदालतका थुप्रै व्याख्याका आधारमा चालकको स्पष्ट लापरबाही थियो, जसअनुसार मल्ललाई ३ वर्षदेखि १० वर्षसम्म कैद हुन सक्थ्यो । तर अदालतले सामान्य दुर्घटना हुने ठहर गरिदियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)