बयानमा नआउनेलाई महाभियोग सिफारिस समितिले के गर्छ ?
annapurnapost.com · Thu Sep 15 00:49:00 GMT 2022
काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरू महाभियोग सिफारिस समितिमा नजाने भएका छन्। प्रतिनिधिसभाअन्तर्गतको समितिले बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित अन्य न्यायाधीशलाई बैठकमा उपस्थित हुन भन्दै पत्र पठाएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले ‘समितिमा उपस्थित हुन नमिल्ने’ निर्णय गरेको हो। उनीहरूलाई बिहीबार बिहान साढे ८ बजे बैठकमा बोलाइएको थियो।
कायममुकायम मुख्य रजिस्ट्रार नारायणप्रसाद पन्थीले सर्वोच्चको पूर्ण बैठकबाट भएको निर्णय जानकारी गराउँदै समितिमा पत्र पठाएका छन्। कामु मुख्य रजिस्ट्रार पन्थीद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकाले सोही बेहोराको जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाइदिने निर्णय भएको बेहोरा जानकारीका लागि अनुरोध गर्दछु।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)