मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलहरी अनियमितता अनुसन्धान प्रभावित पार्न चलखेल

ekantipur.com · Sat May 27 01:06:03 GMT 2023

काठमाडौँ — पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्ने क्रममा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन टुंगोमा नपुग्दै त्यसलाई प्रभावित पार्ने प्रयास भएको छ । पशुपति क्षेत्र विकास कोषका बहालवाला र तत्कालीन पदाधिकारीसहितको मिलिभगतमा जलहरीको करिब ११ केजी सुन गायब पारिएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ ।

अख्तियार उच्च स्रोतका अनुसार जलहरी प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । तर, यसलाई लिएर प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसद आरोप–प्रत्यारोपमा उत्रिएका छन् । माओवादी सांसद लेखनाथ दाहालले बुधबार संसद् बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुन भनेर पशुपतिको ज्योतिर्लिङ्गमा पित्तलको जलहरी राखिएको बताएपछि एमालेले शुक्रबार त्यसको प्रतिवाद गरेको हो । जलहरी सुन कि पित्तलबाट बनेको भन्ने विषयमा जवाफ नआएसम्म सदन चल्न नदिने एमालेको अडान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)