मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान  खेल्दै

Ujyaaloonline.com · Sat Sep 02 00:28:41 GMT 2023

काठमाण्डाै - एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । संसारभरबाट रुचिकासाथ अपेक्षा गरिएको यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल हुन लागेको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने भारतले आज पहिलो खेल खेल्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)