सर्वोच्च अदालत संसद् होइन जसको बहुमत भयो उसले प्रधानन्यायाधीश छान्ने
rajdhanidaily.com · Sun Nov 14 23:10:51 GMT 2021
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै अहिले सर्वोच्च अदालतभित्रबाट न्यायाधीशहरू र बाहिरबाट कानुन व्यवसायीले आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीशको बर्हिगमन एक सूत्रीय माग राखेर आन्दोलन भएको २१ दिन बित्दा न्यायालयमा मुद्दा सुनुवाइसमेत प्रभावित भइरहेको छ । प्रधानन्यायाधीश राजीनामा नदिने आफ्नै अडान र राजनीतिक दलहरूले पनि अहिले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनैपर्छ भनिरहेको अवस्थामा अबको निकासको बाटो कसरी हुन्छ ? न्यायालयको गाँठो अब कसरी फुक्छ भन्ने विषयमा केन्द्रित रहेर राजधानीकर्मी निराजन पौडेल द्वारा नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश
लामो समयदेखि न्यायालय आन्दोलनमा छ । न्यायालयबाट निकास आउलाभन्दा पनि आन्दोलन झन् चर्कंर्दै गइरहेको छ । हाल जारी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नेपाल बारले गरेको आन्दोलनको निकास चाहिँ कसरी होला ?
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)