मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ
annapurnapost.com · Mon Mar 23 16:30:48 GMT 2026

सिरहा : प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा भएका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार पहिलो घटना लहान नगरपालिका-८ मा भएको हो। सो स्थानमा बस्ने दिलीप साह र उनकी श्रीमती सुनिताले तीन महिलालाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा पक्राउ गरिएको छ। उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)