कांग्रेसमा पहिला नेतृत्व, पछि नीति
annapurnapost.com · Mon Nov 15 06:51:00 GMT 2021
काठमाडौं : कांग्रेसले आसन्न १४औं महाधिवेशनमा नेतृत्व मात्र चयन गर्ने भएको छ। नीति र कार्यक्रमबारे छलफल गर्न छुट्टै महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले गरेको छ।
महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिले नै विधान महाधिवेशन बोलाउने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘नयाँ निर्वाचित नेतृत्वले विधान महाधिवेशन गर्नेछ’, प्रवक्ता शर्माले भने, ‘समय व्यवस्थापनका लागि यसो गर्नुपरेको हो।’ पदाधिकारीबीच सहमति गरी विधान संशोधनलाई पछि सारिएको शर्माले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)