रास्वपाका सभापति लामिछानेविरुद्ध उजुरी दिने व्यक्ति पनि सहकारी ठगीमा पक्राउ
barnanmedia.com · Mon Mar 23 23:02:04 GMT 2026

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध उजुरी दिएका व्यक्ति पनि सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार सहकारी ठगीको आरोपमा कृष्णप्रसाद जैसीलाई पक्राउ गरेको हो। उनलाई पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)