मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिजिट भिसामा सेटिङ : अध्यागमनका ९ अधिकृत सहित २२ जना आरोपी

ekantipur.com · Tue Jan 30 00:50:58 GMT 2024

काठमाडौँ — सरकारी कागजात किर्ते गरी संगठित रूपमा भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले २२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । तीमध्ये ९ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा एकै सिफ्टमा कार्यरत अध्यागमन अधिकृतहरू छन् ।

लिखित कसुर र संगठित अपराध गरेको आरोपमा आइतबार पेस भएको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता हुने अन्तिम चरणमा रहेको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयले भिजिट भिसाका नाममा भएको मानव तस्करी अनियमिततामा छानबिन र अनुसन्धान अघि बढाएपछि आरोपीमध्ये १२ जना फरार छन् । तीमध्ये पनि फरार हुनेमा ८ जना अध्यागमन अधिकृत रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)