अर्को हप्तादेखि को एसएसपी, को आइजीपी ?
janaaastha.com · Thu Apr 28 16:00:24 GMT 2022
स्थानीय निर्वाचनको मिति घोषणा नभएको हुन्थ्यो भने, सम्भवतः यतिबेला नेपाल प्रहरीले नयाँ नेतृत्व पाइसक्ने थियो । वैशाख १८ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका महानिरीक्षक (आइजीपी) सैलेश थापा क्षेत्री बैशाख १ गतेदेखि घर बस्ने तयारीमा थिए । तर, चुनावी सुरक्षाको बागडोर सम्हाल्ने महत्वपूर्ण जिम्मेवारीमा रहेको फौजलाई नेतृत्वविहीन नबनाउने सरकारी निर्णयको कारण तत्काल नयाँ आइजीपी नियुक्ति प्रक्रिया रोकिएको छ ।
१७ गते शनिबार, १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवशको बिदा भएका कारण पर्सि शुक्रबार आइजीपीसहित थुप्रै अफिसरको अन्तिम कार्य दिन हुनेछ । वरिष्ठताका आधारमा आइजीपी नियुक्त हुँदा विश्व पोखरेल सबैभन्दा बलियो दावेदार हुन् । उनी एआइजीको एक नम्बर वरियतामा छन् । तर, प्रहरीमा पटक–पटक वरिष्ठता मिचिएको विगतको नजिरले ढुक्क हुने अवस्था भने छँदै छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)