सहकारी ठगीमा किन हुँदैछ संगठित अपराधमा अनुसन्धान ?
rajdhanidaily.com · Tue Nov 05 23:09:59 UTC 2024

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले संगठित अपराधसहित सहकारी ठगीमा अनुसन्धान गर्न मंगलबार म्याद थप गरेको छ । म्याद थप भएसँगै प्रहरीले अनुसन्धानका लागि लामिछानेसँग बयान लिने काम सुरु गरेको छ ।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान थालेको जनाएको छ । संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सहकारीको रकम गोर्खा मिडियामा ल्याउन लामिछानेको भूमिका नदेखिए पनि सो रकम लामिछानेले आफूअनुकूल तजबिजीमा खर्च गरेकाले संगठित अपराधमा पनि अनुसन्धानको विषय हुनुपर्ने भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)