एसिया कप : नेपाल भारतसँग पराजित, प्रतियोगिताबाट बाहिरियो
Ujyaaloonline.com · Mon Sep 04 18:02:38 GMT 2023
काठमाण्डौ - एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । आज सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो ।
वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो । भारतले २० ओभर १ बलमा १ विकेट पनि नगुमाई लक्ष्य भेटायो । भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतक बनाए । रोहितले ७४ र शुभमनले ६७ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)