तीन मापदण्डप्रति महासचिवको ध्यानाकर्षण
ekantipur.com · Mon Oct 30 01:04:02 GMT 2023
काठमाडौँ — नेपाल भ्रमणमा आएकै दिन आइतबार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओली तथा सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा प्रधानमन्त्री दाहालसँग भेटवार्तापछि गुटेरेसले पीडित परिवार र समुदायले समेत न्याय महसुस गर्ने गरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताए । ‘संक्रमणकालीन न्यायले पीडित परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ । पीडितका आवश्यकता पूरा गर्ने गरी प्रक्रिया विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न राष्ट्रसंघ तयार छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)