मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

 बुटवल-नारायणगढ सडक विस्तार : कष्ट छल्न वैकल्पिक मार्गमा भीड

ekantipur.com · Thu Feb 01 00:37:55 GMT 2024

भैरहवा — पूर्व–पश्चिम राजमार्ग विस्तारमा भइरहेको ढिलाइबाट आजित सवारी चालकले कष्ट छल्न वैकल्पिक मार्गको प्रयोग बढाएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ चार र ६ लेनमा विस्तार भइरहेको छ । तोकिएको समयमा काम पूरा नहुँदा लामो समयदेखि चालक र यात्रुले सास्ती भोगिरहेका हुन् । १ सय १४ किलोमिटर बुटवल–नारायणगढ खण्ड पार गर्न अहिले ६ घण्टा लाग्छ ।

पछिल्लोपटक बुटवल–गोरुसिङ्गे ५० किलोमिटर खण्ड ६ लेनमा विस्तारका लागि ठेक्का प्रक्रिया थालिएको छ । जसले गर्दा बुटवल पश्चिमका बासिन्दासमेत उपयुक्त वैकल्पिक मार्गको खोजीमा रहेका बेला कपिलवस्तुको चन्द्रौटाबाट दक्षिण बहादुरगन्ज हुँदै तौलिहवा भएर पूर्व–पश्चिम ओहोरदोहोर गर्नेको संख्या बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)