उपसभामुखको अनधिकृत पत्रबारे विज्ञको टिप्पणी : ‘मानव तस्करी नै हो’
ekantipur.com · Fri Jul 19 23:36:20 UTC 2024

काठमाडौँ — उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषय मानव तस्करीकै प्रकृति भएको घटनासँग मिल्दोजुल्दो रहेको सुरक्षाविज्ञले टिप्पणी गरेका छन् । अवकाश प्राप्त नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू, पूर्वप्रशासक र कानुनी मामिला जानकारहरूले उपसभामुखको पत्रमाथि छानबिनसमेत हुनुपर्ने बताएका हुन् ।
पूर्वडीआईडी हेमन्त मल्लले उपसभामुख रानाको भनाइहरूलाई पटक–पटक हेर्दा फरक–फरक विषय बाहिर आएको बताइन् । ‘त्यसैले उनका भनाइहरू र गर्नै नमिल्ने पत्राचारको विवरण हेर्दा मानवतस्तरीकै प्रकृति हो । हामीले हेर्दा मानव तस्करीकै तरिका यही हो,’ उनले भने ‘यसलाई अब नेपाल प्रहरीले अनुसन्धान सुरुआत गर्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)